११ मंसिर २०८३, शुक्रबार

कमल थापा गृहमन्त्री, जनार्दन शर्मा ‘आउट’

71.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । वाम एकतापछि झस्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः कमल थापालाई गृहमन्त्री बनाउने भएका छन् । उपप्रधानमन्त्रीसहित गृहमन्त्री पाउने भएपछि कमल थापा सरकारमा जाने भएका छन् ।

माओवादीबाट गृहमन्त्री बनेका जनार्दन शर्मालाई हटाएर थापालाई गृहमन्त्री बनाउने सहमति भएको बताइएको छ । उपप्रधानसहित गृहमन्त्रालय पक्का भएपनि अन्य मन्त्रालयको बारेमा भने छलफल भइरहेको राप्रपाका एक नेताले जानकारी दिए ।

आफ्नो सरकार अल्पमतमा पर्ने भएपछि देउवाले राप्रपाको सहारा लिएका हुन् । जबकी आफ्नो पार्टी फुटेको दोष राप्रपाले देउवालाई दिँदै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको समझदारी अनुसार राप्रपाको सोमबार बसेको बैठकले सरकारमा जाने निर्णय गरेको हो । कमल थापाको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवा सरकारलाई समर्थन दिने निर्णय गरेको थियो । बैठकले सरकारलाई समर्थन दिने निर्णय सोमबार नै संसद सचिवालय र कांग्रेसलाई जानकारी समेत गराएको छ ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई हटाउने रणनीति लिएपछि घटनाक्रमले नयाँ मोड लिने देखिएको छ । वाम एकताका लागि एमालेसँग तालमेल गरेपनि माओवादीले सरकार नछाड्ने बताउँदै आएको छ । एमालेले पनि चुनाव गराउनका लागि सरकारलाई सहयोग गर्ने बचन दिएको छ । तर, प्रधानमन्त्री देउवाकै कारण थप अस्थिरता पैदा हुने संकेत देखिएको छ ।