११ मंसिर २०८३, शुक्रबार

निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको बानेश्वरमा गोली हानी हत्या (अपडेट)

7.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको नयाँ बानेश्वरस्थित शान्तिनगरको ॐ शान्ति चोकनजिकै गोली हानी हत्या भएको छ ।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वरका अनुसार मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि दुई राउण्ड गोली हानेको र दुवै गोली उनको पेटमा लागेको छ । गोली लागेलगत्तै उपचारका लागि सिभिल अस्पताल लगिएकोमा चिकित्सकले गौचनलाई मृत घोषित गरेका थिए ।

गौचनमाथि गोली प्रहार गर्ने सुटरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।