११ मंसिर २०८३, शुक्रबार

भाजपा नेता कोश्यारीद्वारा प्रधानमन्त्री र एमाले अध्यक्षसँग भेटवार्ता

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । भारतीय जनता पार्टी (भाजपा)का केन्द्रीय उपाध्यक्ष एवं नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)का भारतीय संयोजक भगतसिंह कोश्यारीले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

ईपीजीको पाँचौं बैठकमा भाग लिन काठमाडौं आएका कोश्यारीले सोमबार प्रधानमन्त्री देउवासँग बालुवाटारमा एक घण्टा लामो भेटवार्ता गरे । भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस्तै, कोश्यारीले आजै एमालेका अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपाल भारत सम्बन्ध, वाम गठबन्धनको निर्माण लगायत विषयमा छलफल भएको बताइएको छ ।

कोशियारीले आज साँझसम्म प्रमुख दलका शीर्ष नेताहरुसँग भेट गर्ने कार्यक्रम रहेको छ ।