काठमाडौं, २३ असोज । सरकारले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निर्बयाजी ऋण उपलब्ध गराउने कार्यविधिलाई संशोधन गर्दै धितो जमानीबाट निर्बयाजी ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सामूहिक जमानीमा निर्बयाजी ऋण उपलब्ध गराउन बैंकहरुले नमानेपछि सरकारले त्यसलाई सम्बोधन गरेर धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
त्यस्तै, आजको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।











प्रतिक्रिया