११ मंसिर २०८३, शुक्रबार

विजय गच्छदारको पार्टी आज कांग्रेसमा विलय हुँदै, बालुवाटारमा एकता घोषणा हुने

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय हुने भएको छ ।

बालुवाटार स्रोतका अनुसार दुई पार्टीबीच आज अपरान्ह एकीकरण हुन लागेको हो । एकीकरणपश्चात गच्छदारलाई कांग्रेसको महामन्त्री बनाउने समझदारी भएको स्रोतको दाबी छ ।

यस्तो छ गच्छदारको राजनीतिक उतार चढाव यात्राः

विजय गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए ।

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए ।