काठमाडौं, २३ असोज । एमाले प्रवेश गरेर संसदको निर्वाचनमा उम्मेदवार सिफारिसमा परेका डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ ।
सिलवालको राजीनामा स्वीकृत भएसँग उनलाई निर्वाचनमा प्रतिस्पर्धाका लागि बाटो खुलेको छ ।
गृह मन्त्रालयले केही दिनअघि मात्र डिआइजी सिलवालको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
ब्याक डेट राखेर सिलवालको राजीनामा गृहमन्त्री जनार्दश शर्माले स्वीकृत गरेका हुन् ।
आइजीपी नियुक्तिमा अन्याय भएको भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सिलवालले राजीनामा दिएका थिए ।
भदौ २७ को अदालतको आदेशपछि साही दिन सिलवालले राजीनामाको घोषणा गरेका थिए । औपचारिक रुपमा भने २८ गते उनको राजीनामा दर्ता भएको थियो ।
सिलवालको राजीनामापत्र कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले असोज १ गते गृह मन्त्रालय पठाइएको थियो ।
तीन सातादेखि राजीनामा स्वीकृत भएको थिएन । राजीनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेको भन्दै उनको आलोचना समेत भएको थियो ।
मंसिरमा हुने चुनावको लागि एमालेले सिलवाललाई ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने तयारी गरेको छ ।











प्रतिक्रिया