३ कार्तिक २०८३, मंगलबार

आमिर खानको अर्को फिल्म आउँदै, नयाँ भूमिकामा देखिने

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड स्टार आमिर खानको परिचय अभिनेताको रूपमा मात्र सीमित छैन । उनी सामाजिक विषयवस्तुमा पनि गहिरो चासो लिने अभिनेता हुन् ।

यसैकारण उनको फिल्महरूमा समाजका विभिन्न लुकेका तर यथार्य सत्य बोकेका घटनाको कथा पाइन्छ ।

महिला सशक्तिकरणको विषय उठाइएको उनको फिल्म ‘दंगल’ खुबै रुचाइएको थियो ।

आमिर खान र उनकी पत्नी किरण रावको निमार्ण अद्वैत चन्दनले निर्देशन गरेको यस फिल्ममा भारतीय सामाजमा व्याप्त मुद्दाहरू उठाइएको बताइएको छ ।

फिल्ममा गायक बन्न चाहने एक बालिकाको कथा समेटिएको छ । ५२ वर्षका आमिर खानले फिल्ममा संगीतकारको भूमिका निर्वाह गरेका छन् ।

अद्वैत चन्दनको लेखन रहेको यस चलचित्रमा आमिरका अलावा जाइरा वासिम, मेहेर विजले मुख्य भूमिका निर्वाह गरेका छन् ।

अमित त्रिवेदीको संगीत रहेको चलचित्र आउँदो अक्टुबर १९ मा रिलिज हुँदैछ । – एजेन्सी