११ मंसिर २०८३, शुक्रबार

प्रचण्ड एमालेमा बिलय हुनु भएको हो, हामी होइन : गोपाल किराती

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । नेकपा (माओवादी केन्द्र)का नेता गोपाल किरातीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर एमालेमा बिलय भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै किरातीले एमालेमा प्रचण्ड बिलय भएपछि आफूले माओवादी केन्द्रलाई पुनर्गठन गर्न लागेको बताए ।

‘प्रचण्डसँग कुराकानी चलिरहेको छ । उहाँले आफूलाई सुधार नगर्ने हो भने मैले माओवादी केन्द्र पुनर्गठन गर्छु भनेको छु’, उनले भने, ‘प्रचण्ड केपी ओलीसँग मिसिन गएपछि पार्टीलाई त जोगाउनु पर्छ नि ।’

तपाईले त माओवादी केन्द्र छाड्नु भयो नि ? प्रश्नको जिज्ञासामा नेता किरातीले भने, ‘म होइन उहाँहरू (प्रचण्ड)ले माओवादी केन्द्र पार्टी छाड्दै हुनुहुन्छ ।’

केपी ओलीले माओवादी केन्द्रको सिद्धान्त मिल्यो भने मात्रै पार्टी एकता सम्भव रहेको बताएका किरातीले भने, ‘एमालेसँग मिलेर मलाई निर्वाचन लड्नु छैन ।’ नेता किरातीले अब आफू कहिल्यै पनि मन्त्री नबन्ने घोषणा समेत गरेका छन् ।