११ मंसिर २०८३, शुक्रबार

सांसद महराद्वारा पार्टी परित्याग, छ दर्जन नेता कार्यकर्तासहित नयाँ पार्टीमा प्रवेश

37.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेकपा (माले) का सांसद कलशा महरासहितका छ दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच सांसद महरासहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

महरा लगायतका नेता कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनु भएको थियो ।

सांसद महराले माओवादी केन्द्रको नीतिप्रति सहमत भएर आफू ध्रुवीकरणमा आएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले बृहत् ध्रुवीकरणमार्फत् नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानको पूर्वसन्ध्यामा भएको एकताले दुरगामी अर्थ राख्ने बताउनु भयो ।