काठमाडौं, २२ असोज । सर्वाेच्च अदालतले पदबाट हटाइएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पुनर्वहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्कालाई ‘आफ्नो कुरा राख्ने मौका नदिई प्राकृतिक न्यायको सिद्धान्तविपरित हटाएको’ टिप्पणी गर्दै हटाउने सरकारको निर्णय गैरकानुनी भएको ठहर गरेको हो । यसबाट खड्का आयल निगममा पुनर्वहाली हुने बाटो खुलेको छ ।
सरकारले आयल निगमको जग्गा खरिदमा अनियमितता गरेको भन्दै गत असोज २ गते क्याविनेट बैठकबाट खड्कालाई बर्खास्त गरेको थियो । उक्त निर्णयलाई चुनौती दिँदै खड्काले असोज ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।












प्रतिक्रिया