११ मंसिर २०८३, शुक्रबार

चुरेभावर राष्ट्रिय एकता पार्टी एमालेमा विलय, असोज २८ मा ओलीले स्वागत गर्ने

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल एमालेमा समाहित हुने भएको छ ।

पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री बद्री न्यौपाने र एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठबीच आज पार्टी एकताको सहमति भएको हो । पार्टी एकताको औपचारिक घोषणा २८ गते हुने र अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम तय भएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

चुरेभावर तराई र पहाडको चुरे क्षेत्रमा बलियो पकड भएको र मधेस आन्दोलनमा मधेसी दललाई टक्कर दिने पार्टी हो ।

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वाम गठबन्धन निर्माण भएसँगै पछिल्लो समय विभिन्न साना पार्टीहरु एमालेमा समाहित हुने क्रम जारी छ ।