११ मंसिर २०८३, शुक्रबार

मोहनविक्रम सिंह भन्छन्- बाम एकता स्वागतयोग्य, हामी पनि एकतामा आउँछौं

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २१ असोज (रासस) । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बाम एकता स्वागतयोग्य रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको बाम एकता स्वागतयोग्य रहेको बताउनुभएको हो ।

निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावना मात्रै होइन अब दीर्घकालीन एकता आवश्यक रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिदैन ।” बाम एकतापछि काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति पनि एक हुनलागेको भन्दै उहाँले राष्ट्रिय मुद्दामा सबै कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिनुभयो ।

अहिले पनि आफ्नो पार्टी संघीयताको विरोधी रहेको बताउँदै उहाँले स्थानीय निकायको निर्वाचनले मात्रै संघीयता स्थापित नहुने बताउनुभयो ।

एमाले र माओवादी दक्षिणपन्थी रहेको बताउँदै उहाँले अब यसलाई वास्तबिक कम्युनिष्ट बनाउन सके मात्रै पार्टी एकतामा जान सकिने विचार राख्नुभयो ।