११ मंसिर २०८३, शुक्रबार

अन्ततः चित्रबहादुर केसीको जनमोर्चा पनि वाम गठबन्धनमा सामेल !

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २१ असोज । चुनावी तालमेलका लागि सत्तारुढ नेपाली कांग्रेससँग छलफल चलाएको राष्ट्रिय जनमोर्चा अन्ततः वाम गठबन्धनमै सामेल हुने निष्कर्षमा पुगेको छ ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति मिलेर बनेको वाम गठबन्धनमा सामेल भई चुनावी तालमेल गर्ने निष्कर्षमा जनमोर्चा पुगेको हो ।

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले वाम गठबन्धनमा सहभागी हुने विषयमा पार्टीले आधिकारिक निर्णय नै गर्ने बताए ।

केसीले यसअघि ‘भान्सा, पहिरन र व्यवहार मिल्नेसँग किन बेग्लै बस्ने भन्ने अवधारणाबाट आफूहरु अघि बढिरहेको’ अभिव्यक्ति दिँदै वाम एकतासँग तालमेलको संकेत गरेका थिए ।

एमालेको नेतृत्वमा तीन दल मिलेर बनेको वाम गठबन्धनमा ३३ दलीय मोर्चा, नेपाल परिवार दल, समाजवादी पार्टी, नेकपा संयुक्त लगायत केही स्वतन्त्र उम्मेद्धार एकताबद्ध भइसकेका छन् ।