११ मंसिर २०८३, शुक्रबार

भावी रणनीति बनाउन एमालेको स्थायी समिति बैठक जारी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालसँग नयाँ गठबन्धन बनाएको एमालेले समग्र राजनीतिक विषयमा छलफल गर्न स्थायी समितिको बैठक बोलाएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी बैठकमा नयाँ गठबन्धन र त्यसपछिको परिस्थितिका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

बैठकमा निर्वाचनमा कसरी सिट संख्या वितरण गर्ने तथा मापदण्डका विषयमा पनि छलफल हुनेछ ।

कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रसँग नयाँ गठबन्धन बनाएको एमालेले निर्वाचनपछि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारी समेत गरेको छ ।