३ कार्तिक २०८३, मंगलबार

ऐश्वर्याको कस्ट्यूममा बबण्डर

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन फिल्म ‘फन्ने खान’को शूटिंगलाई लिएर उत्साहित रहेकी छिन् ।

फिल्मप्रति उनी यति उत्साहित छिन् कि आफूले लगाउने हरेक कपडाको डिजाइन स्वयंले हेर्ने गरेको बताइन्छ । शुटिंगका बेला आफूले भनेको जस्तो ड्रेस नपाएपछि असन्तुष्टि समेत जनाएकी छिन् ।

ऐश्वर्या फिल्ममा कस्ट्यूमको डिजाइनप्रति असन्तुष्ट रहेको निर्माण पक्षले जनाएको छ । फिल्ममा ऐश्वर्याको भूमिका पप स्टारका रुपमा रहेको छ ।

मनीष मलहोत्राले डिजाइन गरेको कपडामा ऐश्वर्याले असन्तुष्टि जनाएकी हुन् । यद्यपि, फिल्म निर्माण युनिटले ऐश्वर्याका लागि तयार पारिएको कस्ट्यूममा भारतीय झलक देखिएको दाबी गरेका छन् ।

कस्ट्यूटमका विषयमा विवाद हुँदा ऐश्वर्याले फिल्मको शूटिंगलाई समेत केही समय पछाडि सारेको समाचारमा उल्लेख छ । – एजेन्सी