३० आश्विन २०८३, शुक्रबार

बाली ज्वालामुखीका कारण डेढ लाख जना विस्थापित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाकार्ता, २० असोज । इन्डोनेसियाको बालीमा आएको ठुलो ज्वालामुखीका कारण विस्थापित हुनेहरुको संख्या बढ्दै गएर अहिले सम्म एक लाख ४७ हजार पुगेको छ ।

माउन्ट अगुङ नामक ज्वालामुखीले यती धेरै जनालाई विस्थापित गराएको विपद व्यवस्थापन निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

स्थानीय काराङ असेम भन्ने ठाँउमा आएको ज्वालामुखी तीन हजार ३१ मिटर माथी सम्म आएको अधिकारीहरुले बताएका छन् । उनीहरुले घटनास्थलको क्षेत्रलाई अति उच्च जोखिम क्षेत्रको रुपमा घोषणा गरेका छन् ।

विस्थापितहरुलाई चार सय भन्दा बढी शरणार्थी शिविरहरुमा राखिएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले सिन्ह्वालाई जानकारी दिनुभयो ।

घटनास्थलबाट झण्डै १२ किलोमिटर बरिपरीको क्षेत्रलाई प्रवेश निषेध क्षेत्रको रुपमा घोषणा गरिएको छ ।

यस्तै प्रकारको ज्वालामुखी गत सन् १९६३मा पनि गएको थियो । त्यस ज्वालामुखीका कारण झण्डै एघार सय जनाको मृत्यु भएको थियो । – सिन्ह्वा