११ मंसिर २०८३, शुक्रबार

अन्ततः नवराज सिलवाल एमालेमा, एमालेले सांसद बनाउने

10.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओलीसँग टीका लगाउन पुगेका सिलवाल बीचमा

काठमाडौँ, १९ असोज । नेपाल प्रहरीको डीआइजीबाट राजीनामा दिए नवराज सिलवाल शुक्रबार एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा एमाले काठमाडौँले विशेष कार्यक्रम गरेर शुक्रबार सिलवाललाई एमालेमा स्वागत गर्न लागेको हो । सिलवाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गराउने कार्यक्रम छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा नेपाल प्रहरीको महानिरीक्षक बन्न रोकिएपछि उनले न्यायिक लडाईं लडेका थिए । तर, न्याययिक लडाईंमा समेत उनी हारेपछि नैतिकताको आधार देखाउँदै पदबाट राजीनामा दिएका थिए । सिलवाललाई विकेकशील लगायतका दलहरुले आफ्नो दलमा आउन आग्रह गरेका थिए । तर, उनले एमाले नै रोजे । संकटका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले साथ दिएको भन्दै उनी एमाले प्रवेश गर्न लागेका हुन् ।

सिलवाललाई नेकपा एमालेले सांसदको उम्मेदवार बनाउने भएको स्रोतले बतायो । सिलवाल बिहीबार एमाले अध्यक्ष ओलीको हातबाट टिका थाप्न ओली निवास बालकोट पुगेका थिए ।