
काठमाडौँ, १९ असोज । डीआइजीबाट राजीनामा दिएका नवराज सिलवाल बिहीबार ओली निवास बालकोट पुगेका छन् ।
एमाले अध्यक्ष ओलीसँग बडा दशैंको आर्शिवाद थाप्न उनी ओली निवास बालकोट पुगेका हुन् । ओलीले सिलवाललाई टीका र रजमरा लगाइदिएका थिए ।

नेपाल प्रहरीमा क्षमतावान अफिसरको छवि बनाएका सिलवाल काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका कारण नेपाल प्रहरीको महानिरीक्षक बन्न बञ्चित भएका थिए ।
सिलवालमाथि अन्याय भएको भन्दै ओलीले भने उनको पक्षमा बोलेका थिए । सोही घटनाक्रमले सिलवाल पछिल्लो समय एमाले अध्यक्ष ओलीसँग नजिक भएका छन् । सिलवाल शुक्रबार नेकपा एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया