दाङ, १९ असोज । आगामी मंसिरमा हुने निर्वाचनका लागि नेकपा एमालेले दाङबाट चर्चित गायिका कोमल ओलीको नाम सिफारिस गरेको छ ।
राप्रपा परित्याग गरी केही दिनअघि पार्टीका केन्द्रीय उपाध्यक्ष वामदेव गौतमको हातबाट टिका लगाएर एमाले प्रवेश गरेकी कोमललाई एमालेले केन्द्रमा सांसद बन्ने बाटो खोलिदिएको हो । यद्यपी यसको छिनोफानो पार्टीको केन्द्रीय कमिटीले उम्मेदवार छनोट गर्नेबेला हुनेछ ।
एमाले दाङ जिल्ला कमिटीअन्तर्गतको क्षेत्रीय कमिटीले संघ र प्रदेशका उमेदवारको छनौट गर्ने क्रममा कोमलको नाम दाङको क्षेत्र नम्बर ३ का लागि प्रत्यक्षतर्फबाट उम्मेदवारमा सिफारिस गरेको हो ।












प्रतिक्रिया