३ कार्तिक २०८३, मंगलबार

प्रियंका कार्कीलाई ‘किस’ गर्ने यी युवक को हुन् ?

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशी प्रेम सम्बन्धमा भएको कुरा यसअघि नै सार्वजनिक भैसकेको छ ।

यद्यपि दुवैले हालसम्म यो कुरालाई सार्वजनिक रूपमा व्यक्त गरेका थिएनन् ।

काठमाडौंमा आयोजित एक समारोहमा भने दुवैले एक–अर्कालाई प्रेम गर्ने घोषणा गरे । एनएफडीसी नेसनल फिल्म एवार्डको प्रारम्भदेखि अन्तिमसम्मै सँगै बसेका प्रियंका र आयुष्मानले त्यस क्रममा दर्जनौं सेल्फी लिए भने एक–अर्काले एवार्ड जितेको घोषणा हुँदा केही मिनेटसम्म चुम्बनसहित आलिंगनबद्ध भैरहे ।

आयुष्मानले त नवअभिनेताको एवार्ड ग्रहण गर्ने क्रममा प्रियंकातर्फ इंगित गर्दै ‘सि इज माइ गर्लफ्रेन्ड’ समेत भन्न भ्याए ।

त्यसअघि आयुष्मानले प्रियंकाले नृत्य गरेका तस्बिर तथा भिडियो इन्स्टाग्रामको स्टोरीमा पोस्ट गरेर आफ्ना प्रशंसकहरूलाई आफ्नी प्रेमिकाका रूपमा चिनाए । समारोहमा दुवै जना आ–आफ्ना आमासँग उपस्थित थिए ।