११ मंसिर २०८३, शुक्रबार

लोकतान्त्रिक गठबन्धनको कार्यदलले आज पूर्णता पाउने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनले सात सदस्यीय कार्यदललाई पूर्णता दिने भएका छन् ।

बुधबार साँझ छ दलबीच भएको सहमतिअनुसार आज कार्यदलमा रहने सस्दयहरू नाम टुंगो लगाउने जनाइएको छ ।

लोकतान्त्रिक गठबन्धनमा कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र नेपाल फोरम लोकतान्त्रिक पार्टीबीच आगामी चुनावमा सहकार्य गर्न ७ सदस्यीय कार्यदल बनाउने निर्णय भएको थियो ।

कार्यदलमा कांग्रेसबाट दुई र अन्य दलबाट एक–एक जना सहभागी हुने छन् ।

एमाले–माओवादी केन्द्रको गठबन्धन सक्रिय भए लगत्तै कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गरेको हो ।