११ मंसिर २०८३, शुक्रबार

प्रदेश नम्बर ५ का मुख्यमन्त्रीका दाबेदार गोकर्ण विष्ट सर्वसम्मत सिफारिस

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १९ असोज । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि गुल्मी क्षेत्र नम्वर २ बाट एमाले सचिव एवम् सांसद गोकर्ण विष्ट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् ।

५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दाबेदार समेत रहेका पूर्व मन्त्री विष्टलाई एमाले जिल्ला कमिटी गुल्मीले क्षेत्र नम्बर २ को सर्वसम्मत उम्मेदवार बनाएको हो ।

दोस्रो संविधानसभामा अत्यधिक बहुमत ल्याएर सांसद निर्वाचित विष्टलाई एमालेबाट ५ नम्वर प्रदेशको मुख्यमन्त्रीको दावेदारको रुपमा समेत हेरिएको छ । उर्जामन्त्री हुँदा लोकप्रिय काम गरेर चर्चामा आएका विष्टले मुख्यमन्त्रीको टिकट पाउने आंकलनका बीच उनको नाम केन्द्रिय संसदका लागि सिफारिस गरिएको छ ।

एमालेको मोर्चा विभाग प्रमुख समेत रहेका नेता विष्टले मुख्यमन्त्री हुने विषयमा औपचारिक धारणा भने सार्वजनिक गरेका छैनन् । ‘म पार्टीले दिने जुनसुकै भूमिकाका लागि तयार छु’, विष्टले भने, ‘पार्टीको आधिकारिक निर्णय आउन दिनोस ।’