११ मंसिर २०८३, शुक्रबार

काठमाडौं कांग्रेसद्वारा उम्मेदवारको नाम सिफारिस, ८ नं.मा दुई भाई उम्मेदवार !

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका विभिन्न ३ क्षेत्रबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।

कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट दुबै निर्वाचनको उम्मेदवारको नामावली सिफारिस गरेको हो ।

यसमध्ये काठमाडौं क्षेत्र न ८ ले प्रतिनिधी सभा निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय नवीन्द्रराज जोशीको एकल नाम सिफारिस गरेको छ ।
जोशी यसैक्षेत्रबाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा अत्याधिक बहुमतले निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा समानुपातिकतर्फ राजुराज जोशी, रविन्द्रलाल श्रेष्ठ, कृष्णा अमात्य (महिला कोटा), बद्री नेपाल र प्रचण्डदेव माननन्धरको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनको प्रत्यक्ष ‘क’ समूह अन्तर्गत राजेश श्रेष्ठ राज्यलक्ष्मी श्रेष्ठ र विजयगोपाल श्रेष्ठ जुद्धरत्न बज्राचार्य राजेन्द्रराम श्रेष्ठको नाम सिफारिस गरेको छ ।

कांग्रेसले समानुपातिकतर्फ महेश नेपाली, किरणकृष्ण जोशी, रमेशप्रसाद गौतम, धर्म पाछै, गम्भिरमान महर्जन, रीता महर्जन र विष्णुलाल श्रेष्ठको नाम सिफारिस गरेको छ ।

प्रदेशसभा निर्वाचनको प्रत्यक्ष ‘ख’ समूहबाट देवरत्न डंगोल, अमिन पाण्डे र केदार मानन्धरको नाम सिफारिस गरेका छ भने समानुपातिकतर्फ अरुण मानव, विमला कपाली, विमला छतुङगेल, पन्नाकाजी महर्जन र सुर्दशन मानसिंको नाम कांग्रेसले सिफारिस गरेको छ ।

काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा रक्षामन्त्री समेत रहेका भीमसेनदास प्रधान र काठमाडौं कांग्रेसका सभापति सबुज वानियाँको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्य निर्वाचनतर्फ क्षेत्र नं. ६ ‘क’मा विजय नारायण मानन्धर, रामशरण पाण्डे, सविता महर्जन, न्हुन्छेनारायण मानन्धर, सुसन बैद्य, केदार पाठक र क्षेत्र नं. ६ ‘ख’मा श्यामकृष्ण खड्गी, सरोजकुमार बस्नेत, कृष्णमान श्रेष्ठ, विष्णुभक्त तिमिल्सिनाको नाम सिफारिस गरिएको छ ।

काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदर्शन आचार्य, मुकुन्द रिजाल र विजय मालीको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ७ ‘क’मा राजीव श्रेष्ठ, प्रगतिमान रञ्जित, विनोद पन्त, प्रशान्तमान सिंह मास्के, रविन्द्र हाडा, द्वारिका महर्जनको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. ७ ‘ख’ मा धर्मराज अर्याल, सिर्जना बुर्लाकोटी, सविना तामाङ र माया फुयाँलको नाम सिफरिस गरिएको छ ।

क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मोहम्मद निजाम्मुद्धिन र कौशर साहको नाम सिफारिस भएको छ ।

प्रदेश सभातर्फ भने क्षेत्र नं ६ बाट कृष्णहरि महर्जन, माधव तिमल्सिना र केदार तिमल्सिनाको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ क्षेत्र नं. ७ बाट श्रीराम उपाध्याय, कमला राजभण्डारी, अस्तुसिंह चौधरीको नाम सिफारिस गरिएको छ ।

प्रदेशतर्फ भने ७ ‘क’मा भक्तराज भुषाल, होमनाथ पोख्रेल, सीताराम केसी र ७ ‘ख’मा सरस्वती भट्ट, रसिला लामा र अम्विका रेग्मीको नाम सिफारिस गरिएको छ ।