११ मंसिर २०८३, शुक्रबार

ललितपुर कांग्रेसद्वारा उम्मेदवारको सिफारिस, महर्जनको नाम पनि सिफारिस

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ असोज । नेपाली कांग्रेस ललितपुरले प्रदेश सभा र केन्द्रीय संसदका लागि सम्भावित उम्मेदवारहरू नाम सिफारिस गरेको छ ।

गाउँ, नगर र क्षेत्रबाट आएका सिफारिसका आधारमा ललितपुर कांग्रेसले उम्मेदवारहरूको सूची केन्द्रमा पठाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सदस्य मीनकृष्ण महर्जनले जानकारी दिए ।

‘तल्लो तहबाट आएको सिफारिसलाई आधार बनाएर जिल्ला कार्यसमितिले निर्णय गरेर सबै उम्मेदवारहरूको नाम केन्द्रमा पठाएका छौँ’, महर्जनले भने, ‘प्रदेश र संसदका लागि प्रत्येक क्षेत्रबाट २–२ जनाको दरले नाम पठाइएको छ ।’

जिल्ला सदस्य महर्जन पनि प्रदेश सभाका लागि क्षेत्र नं. १ ‘ख’मा पहिलो नम्बरमा सिफारिसमा परेका छन् । सो क्षेत्रमा महर्जन लोकप्रिय युवा नेताका रुपमा परिचित मानिन्छन् ।

केन्द्रीय संसदका लागि ललितपुर क्षेत्र नं. १ का लागि उदयशम्शेर राणा र खोमप्रसाद घिमिरेको नाम सिफारिसमा परेको छ ।

क्षेत्र नं. २ मा रामकृष्ण चित्रकार र चन्द्र महर्जन तथा क्षेत्र नं. ३ मा मनदबहादुर अमात्य र धन खतिवडाको नाम सिफारिस गरिएको जिल्ला सदस्य महर्जनले बताए ।

प्रदेश सभाका लागि क्षेत्र नं. १ ‘ख’मा मीनकृष्ण महर्जन र काबेल लामा, क्षेत्र नं. २ ‘क’मा गणेश सिलवाल र पवन बिक्रम थापा, क्षेत्र नं. २ ‘ख’मा प्रेमकृष्ण महर्जन र अनन्त श्रेष्ठ तथा क्षेत्र नं. ३ ‘क’मा नबराज महत र उर्मिला नेपालको नाम सिफारिस भएको छ ।