इलाम, १८ असोज । आगामी मंसिरमा हुने निर्वाचनका लागि इलाममा नेकपा एमालेबाट वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सर्वसम्मत उम्मेदवार चयन भएका छन् ।
एमाले जिल्ला कमिटीले खनाललाई इलाम क्षेत्र नम्बर १ र नेम्बाङलाई क्षेत्र २ बाट सर्वसम्मत रूपमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छानेको हो ।
राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेता भएकाले खनाल र नेम्वाङलाई जिल्ला कमिटीले सर्वसम्मत रुपमा उम्मेदवार चयन गरी केन्द्रमा सिफारिस गरेको जिल्ला सचिवालय सदस्य नवराज शंकरले जानकारी दिए ।
इलाम गृहजिल्ला भएका खनाल र नेम्बाङ अहिले इलाम क्षेत्र– १ र २ का निर्वाचित सांसद हुन् । क्षेत्र नम्बर १ मा खनालले अहिलेसम्म ४ पटक चुनाव जितेका छन् । त्यस्तै, नेम्बाङले क्षेत्र नम्बर २ बाट लगातार ३ पटक चुनाव जित्दै सांसद बनेका छन् ।











प्रतिक्रिया