काठमाडौं, १८ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले लोकतन्त्रवादी शक्तिसँग मिलेर बृहत लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति शेरबहादुर देउवाको अध्यक्ष्तामा बसेको कार्यसम्पादन समिति बैठकले वाम एकताविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउने निर्णय गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए ।
साथै बैठकले आगामी मंसिरमा तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सभापति देउवा नेतृत्वको सरकारले नै चुनाव गराउने स्पष्ट पारेको छ ।
‘अस्वभाविक वाम एकताविरुद्ध लोकतान्त्रिक गठबन्धन बनाउने निष्कर्षमा हामी पुगेका छौं,’ निधिले भने– ‘यसका लागि राप्रपा, राप्रपा प्रजातान्त्रिक, राजपा, नेपाल लोकतान्त्रिक पार्टी, संघीय समाजवादी पार्टी लगायतसँग छलफल र बहस तीव्र पार्छाै ।’
बैठकमा नेताहरुले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति संविधानको हितमा नरहेको टिप्पणी गरेका थिए ।












प्रतिक्रिया