सिड्नी । नेपाल आईडलका टप थ्रीको प्रस्तुतिले सीडनीसंगै अस्ट्रेलियाका केही सहर संगीतमय हुने भएको छ ।
यस कार्यक्रममा नेपाल आइडल बुद्ध लामा फस्ष्ट रनरअप निशान भट्टराइ र सेकेन्ड रनरअप प्रतापदाश अस्ट्रेलिया जाँदै छन् । नेपाली टच अस्ट्रेलियाले नेपाल आईडलका टप ३ लाई लिएर अस्ट्रेलिया कार्यक्रम गर्न लागेको हो ।
सिडनीमा हुने कार्यक्रम ओलम्पिकपार्क स्पोर्ट्स सेन्टरमा हुनेछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन् । संभवत यो नै ओलम्पिक पार्कमा पहिलो नेपाली कार्यक्रम हो ।
एभरेष्ट कम्युनिकेशनको मुख्य प्रस्तुति रहने सिडनीको कार्यक्रम डिसेम्बर १ मा हुनेछ ।
नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ । कार्यक्रम सिडनीसंगै ब्रिसबेन, मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।















प्रतिक्रिया