काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सन्तुलित छिमेक सम्बन्धको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
पार्टी एकताका लागि राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलन भारततर्फ संकेत गर्दै ओलीले भने– ‘हामी सन्तुलित, मैत्रीपूर्ण र बराबरी छिमेक सम्बन्ध चाहन्छौं । छिमेकसम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध असंलग्न र पञ्चशीलका आधार होस् भन्ने हाम्रो मान्यता हो । कसैले अर्गल्याई गर्यो भन्ने ठाउँ राख्दैनौं ।’











प्रतिक्रिया