११ मंसिर २०८३, शुक्रबार

हाम्रो ध्यान दुई तिहाई बहुमततिर छः केपी ओली

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी गठबन्धन र एकता कसैको विरुद्ध नभई नेपाली जनताको आकांक्षा र चाहना अनुसार भएको स्पष्ट पारेका छन् ।

पार्टी एकताका लागि राष्ट्रिय सभागृहमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो देशको जन्मकुण्डलीमा २०७४ सालमा देशभक्त र बामपन्थीहरूको सरकार बन्न लेखेको र यो कसैले मेट्न नसक्ने बताए ।

आफूहरुको ध्यान दुई तिहाई बहुमततिर रहेको योजना सुनाउँदै उनले भने– सत्ताको विषयमा हामी कुनै चर्चा गरिरहेका छैनौं । २०७४ सालमा देशभक्त वामपन्थी सरकार बन्ने लेखेकै छ । यो कसैले मेट्न सक्दैन्, यो त बन्यो बन्यो । आज हामीलाई साधारण बहुमत किन चाहियो ? हाम्रो ध्यान बहुमततिर छ । यो देश बनाउने कुरा हो । यस संयुक्त प्रयासले भ्रष्टाचार गर्दैन्, स्वच्छता, पारदर्शी कायम गर्छ, यो कमिशनखोरीका पछाडी दगुर्दैनन्, कानूनी राज कायम गर्छ ।’