११ मंसिर २०८३, शुक्रबार

एमाले–माओवादी एकता स्वागतयोग्य, अब लोकतन्त्रवादी शक्तिहरु एक हुुनपर्नेः राजपा

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । राजपा नेपालका महासचिव केशव झाले माओवादी र एमालेवीचको एकताको स्वागत गरेका छन् । उनले भने, ‘पार्टीहरु मिल्नु अत्यन्तै राम्रो हो, दल कम हुनु स्वागतयोग्य कुरा हो ।’

उनले पार्टी एकतालाई लिएर आफूहरु खुशी भएकोले सकारात्मक कदम भएको स्पष्ट पारे । उनले वामपन्थी एकता हुनुभन्दा पनि दलहरु एक हुनु खुशीको कुरा भएको टिप्पणी गरे ।

फरक प्रसँगमा उनले आउने मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा तालमेल गर्न आफूहरु खुल्ला रहेको स्पष्ट पारे । त्यसको लागि पहिलो प्राथमिकतामा संघीय समाजवादी फोरम नेपाल रहेको उनले जनाए । त्यस्तै उनले लोकतन्त्रवादी शक्तिहरु अब एक हुुनपर्ने बताए ।