काठमाडौं, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच आकस्मिक भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो भएको भेटमा एमाले र माओवादी केन्द्रसँगै नयाँ शक्ति पनि पार्टी एकतामा आउनुपर्ने विषयमा छलफल भएको स्रोतले बतायो । वामपन्थी एकताका ओलीले गरेको प्रस्तावमा बाबुरामले सकारात्मक प्रतिक्रिया जनाएको र नयाँ शक्ति पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने भनेर समझदारी गरेका छन् ।
यसअघि माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले वामपन्थी एकताका लागि बाबुराम भट्टराईसँग सहमति भइसकेको बताएका थिए ।











प्रतिक्रिया