११ मंसिर २०८३, शुक्रबार

एमाले–माओवादीले चुनावी सरकार बनाउने, अब कांग्रेस बाहिर बस्ने

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउनुपर्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खनालले एमाले, माओवादी केन्द्रसहितका दलहरूले मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए । ‘चुनावी सरकार बनाउनु पर्छ । यस विषयमा गम्भीर रुपले सोँचेर अगाडि बढ्नु पर्छ’, उनले भने ।

वर्तमान संसदको आयु कात्तिक ४ गते समाप्त हुँदैछ । संसदको आयु समाप्त हुनु अगाडि चुनावी सरकार बनाउन एमाले र माओवादी केन्द्रले पहल थालेका हुन् ।

निर्वाचनका लागि माओवादी केन्द्रसँग तालमेल भएपछि केपी ओलीलाई प्रधानमन्त्री घोषणा गरेर प्रतिस्पर्धा गर्ने होला नि ? भन्ने जिज्ञासामा एमाले नेता खनालले भने, ‘केपी ओलीजी एमालेको अध्यक्ष हुनुहुन्छ । पछि संसदीय दलको नेता बनेपछि उहाँ प्रधानमन्त्री बन्न सक्नु हुन्छ ।’

वरिष्ठ नेता खनालले एमालेभित्र प्रधानमन्त्रीका लागि धेरै साथीहरू योग्य रहेको बताए । खनालले संसदको निर्वाचनमा ओलीलाई प्रधानमन्त्री घोषणा गर्ने पक्षमा आफू नरहेको बताए ।

माओवादी केन्द्रसँग ६०–४० को कुनै पनि कुरामा सहमति नभएको उनले बताए । ‘प्रचण्ड एमालेको अध्यक्ष दिने कुनै पनि सहमति भएको छैन । प्रधानमन्त्री बनाउने कुरामा पनि सहमति भएको छैन’, नेता खनालले भने, ‘छलफल चलिरहेको छ । चुनावी तालमेल गरेर जाने सहमति भएको छ । अरु सबै विषयहरू छलफलमा छन् ।’

एमालेका वरिष्ठ नेता खनालले दुई आज (मंगलबार) एमाले–माओवादी केन्द्रबीच केही विषयमा लिखित सहमति हुने बताए । ‘हेरौँ आजै बेलुकासम्म केही सहमति हुन सक्छ’, उनले भने ।

एमाले–माओवादी केन्द्रसहितका बामपन्थी र साना दलहरूले चुनावी सरकार बनाएमा कांग्रेस बाहिर बस्ने कांग्रेस स्रोतको भनाइ छ ।