११ मंसिर २०८३, शुक्रबार

हृदयश त्रिपाठीसहित पाँच नेताले राजपा छाडे, एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने

52.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेता हृयदश त्रिपाठीसहित पाँच जना नेताले विद्रोह गरेका छन् ।

राजपाभित्र असन्तुष्टि व्यक्ति गर्दै ‘स्वतन्त्र राजनीतिक समूह’ बनाएका त्रिपाठी लगायतका नेताहरुले अन्ततः विद्रोह गरेका हुन् । उनीहरुले एमालेसँग हातेमालो गर्ने सहमति गरेका छन् । मंगलबार भएको सहमति अनुसार त्रिपाठी समूहले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा एमालेको सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ ।

मंगलबार एमालेका महासचिव ईश्वर पोखरेल र त्रिपाठी समूहका पाँच नेताबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिमा त्रिपाठीसहित बृजेशकुमार गुप्ता (कपिलवस्तु), पशुपतिदयाल मिश्र (बाँके), ईश्वरदयाल मिश्र (कपिलवस्तु) र जगदीश शुक्ला (बाँके) ले हस्ताक्षर गरेका छन् ।

त्रिपाठी समूह स्वतन्त्र राजनीतिक समूहको पहिचानका साथ चुनावमा जाने तर चिन्ह भने एमालेको सूर्य लिने सहमति भएको छ । यो सहमतिले राजपामा भूकम्प गएको छ भने नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना भएको छ । हेर्नुस् सहमतिपत्र: