धनगढी, १५ असोज । कर्णाली नदीमा नुहाउने क्रममा २ जना आज बेपत्ता भएका छन् ।
कैलालीको चिसापानीस्थित पितमारीमा नुहाउने क्रममा टिकापुर नगरपालिका वडा नम्वर ९ जोति नगर निवासी २१ बर्षीय रमेश न्यौपाने र १९ बर्षीय मुकुन्द नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
उनीहरु काका भतिज हुन् । उनीहरु अपरान्हको समयमा नदीमा नुहाउन भन्दै हाफ फालेका थिए । उनीहरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया