११ मंसिर २०८३, शुक्रबार

राजपाले उपेन्द्र यादवको फोरमसंग चुनावी तालमेल गर्ने, विजय गच्छदारसँग पनि प्रयास जारी

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसंग तालमेल गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्बर दुईमा भर्खरै सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको पार्टीलाई प्राप्त नतिजाको समीक्षा गर्दै राजपाले निर्वाचनमा दोस्रो स्थान हासिल गरेको फोरमसँग औपचारिक रुपमै तालमेल गर्ने निर्णय गरेको महासचिव केशव झाले जानकारी दिए । ‘दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनका अधिकांश स्थानमा फोरम र राजपाबीच नै प्रतिस्पर्धा देखिएकाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्न लागिएको हो,’ उनले भने– ‘हामीले आगामी चुनावमा तालमेलका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई औपचारिक प्रस्ताव समेत पठाइसकेको छौं ।’

राजपाले विजय गच्छदारको नेपाल लोकतान्त्रिक फोरमसँग पनि तालमेलका लागि प्रस्ताव गरिरहेको छ । मधेसको हक अधिकारका लागि मधेसी पार्टी मिल्नुपर्ने भावनाअनुरुप राजपाले तालमेलका लागि पहलकदमी लिएको हो ।