११ मंसिर २०८३, शुक्रबार

‘प्रचण्डले दशैंटीका लगाउँदा स्वर्गमा मार्क्स, लेलिन र माओले लाजले टाउको फर्काए होलान !’

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ वर्षपछि दशैं टीका–जमरा लगाएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

यसैक्रममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक नेताले प्रचण्डको पछिल्लो कदमले स्वर्गमा रहेका मार्क्स, लेलिन र माओले लाजले टाउको निहुराउनुपर्ने आवस्था आएको होला भन्दै व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

बास्तोलाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्ः

‘हिन्दू पर्व दशैंमा कमरेड प्रचण्डले धार्मिक टिका लेनदेन गरेको तस्वीर सञ्चारमा देख्दा २०४८ साल तिरको त्यो घटना याद आयो, भूमिगत प्रचण्ड र म हिड्दै गर्दा एउटा मन्दिरमा पूजा गर्ने अवस्थामा तत्कालीन माले नेता मोहनचन्द्र अधिकारीले पेटी खोल्दै गरेको देखिनु भो । …गर्नेलाई भन्दा देख्नेलाई लाज भन्दै प्रचण्ड फर्किनु भो । आज प्रचण्डलाई धार्मिक रुझानमा देखेपछि यो धर्तिमा त के स्वर्गमा बसेका मार्क्स, एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले लाजले टाऊको फर्काएको हुनुपर्छ । अर्थ नबुझ्ने वा अवसरवादीका लागि यो बिषयमा के सरोकार भयो र ?’