११ मंसिर २०८३, शुक्रबार

एमाले स्थायी कमिटीको आकस्मिक बैठकः यस्तो आयो निर्णय

50.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रसँग तालमेलको प्रस्ताव गर्ने निर्णय गरेको हो । यसअघि केन्द्रीय कमिटी बैठकमा कांग्रेससँगको गठबन्धन तोडेर एमालेले माओवादीसँग गठबन्धन बनाउनुपर्ने दबाब नेतृत्वमाथि परेको थियो ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेले औपचारिक निर्णय गरेरै माओवादी केन्द्रसंग चुनावी तालमेलको प्रस्ताव राख्ने तयारी गरेको छ । यता आजै नेकपा माओवादी केन्द्रका नेता चक्रपाणी खनालले आगामी चुनावमा एमालेसँग तालमेल हुनसक्ने बताएका छन् । उनले एमाले नेतृत्वसँग कुराकानी चलिरहेको समेत खुलाएका छन् ।