काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग तालमेल हुनसक्ने बताएको छ ।
पार्टीका नेता चक्रपाणी खनालले आइतबार सञ्चारकर्मीसँगको कुराकानीमा अबको चुनावमा अलिकति मिलाएर जाऔं भन्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट पार्दै एमालेसँग तालमेल हुनसक्ने बताए । यसका लागि एमाले नेतृत्वसँग कुराकानी चलिरहेको उनले खुलासा गरे ।
अब माओवादी पार्टीको नेतृत्व नै मुलुकलाई आवश्यक रहेको समेत जिकिर गर्दै खनालले आउने निर्वाचनमा को सँग तालमेल हुन्छ भन्ने कुरा अहिल्यै नै भन्न सकिने अवस्था नरहेको समेत बताए । ‘अहिले भन्दैनौं । प्राथमिकतामा, कुनै अमुक पार्टीसँगमात्रै हो भन्ने हामो नीति होइन । अबको चुनावमा अलिकति मिलाएर जाऔं भनेकै हो । एमालेसँग तालमेल हुन सक्छ । त्यस्तै मधेसवादी र एमालेसँग तालमेल हुन्छ ।’












प्रतिक्रिया