११ मंसिर २०८३, शुक्रबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

19.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देशको कार्यकारी राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव आएको छ ।

आइतबार विहान नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै माओवादी केन्द्रका नेता चक्रपाणी खनालले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डलाई अब मुलुकको कार्यकारी राष्ट्रपति बनाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् । ‘आदरणीय नेता प्रचण्डजी कार्यकारी राष्ट्रपति बन्नुपर्छ, मुलुकमा अब कार्यकारी राष्ट्रपति चाहिन्छ भन्ने विषयमा दलहरु सहमत छन् । एमालेले पनि त्यही चाहिरहेको छ ।’

तर, संविधानमा कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएकाले आगामी चुनावमा माओवादीले प्रचण्डलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि सार्ने उनले बताए । ‘हो, स्वभाविक रुपमा हामीले उहाँलाई नै प्रधानमन्त्रीको रुपमा अघि सार्ने हो, उहाँ दुई पटक प्रधानमन्त्री भएको व्यक्ति अनि देशको सर्वमान्य लिडर हो,’ उनले भने– ‘सबै हिसाबले अहिलेको राजनीतिलाई मिलाएर जान सक्ने नेता भनेको नै प्रचण्ड हो, ढुक्क हुनुस्, उहाँकै नेतृत्वमा अबको सरकार बन्छ ।’