१५ कार्तिक २०८३, आइतबार

कांग्रेसमा लोकप्रियलाई टिकट

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ असोज। नेपाली कांग्रेसले १० र २१ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने रणनीति बनाएको छ ।

स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा खुम्चिएको कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छान्दा नेतानिकट भन्दा लोकप्रिय व्यक्तिलाई टिकट दिने रणनीति बनाएको हो ।

कांग्रेस नेता प्रकाशशरण महतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट सुरु भइसकेको भन्दै नेतानिकटकालाई भन्दा पनि चर्चित व्यक्तित्व र लोकप्रियता प्राप्त व्यक्तिमा पार्टीले विशेष ध्यान दिने बताए, राजधानी दैनिकमा खबर छ ।