
काठमाडौँ, १० असोज । प्रदेश नम्बर २ को चुनावको मतगणना अझै जारी छ।
जारी मतगणना अनुसार अहिलेसम्म १३३ स्थानीय तहको नतिजा आइसकेको छ । अब ३ स्थानीय तहको अन्तिम मतपरिणाम मात्र आउन बाँकी छ।
प्रदेश नम्बर २ मा काँग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । नेपाली कांग्रेसले ३९ सिट जितेको छ । दोस्रो स्थानमा रहेको संघीय समाजवादी फोरमले २५ सिट जितेको छ भने राजपा २४ सिट जित्दै तेस्रो स्थानमा छ ।
यसैगरी, माओवादी केन्द्रले २१ सिट जितेको छ । नेकपा एमाले पाँचौ नम्बरमा छ । एमालेले १८ तह जितेको छ । लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएका छन् । अब बाँकी रहेको ३ स्थानीय तहमध्ये संघीय समाजवादी फोरम २ र नेकपा एमाले १ स्थानमा अगाडि छ ।
बाराको कलैया उपमहानगरपालिकामा एमालेका विनोद शाहले अग्रता लिएका हुन् । यसैगरी, संघीय समाजवादी फोरमले
पर्साको वीरगञ्ज महानगरपालिका र सप्तरीको राजबिराज नगरपालिकामा अग्रता लिइरहेको छ ।











प्रतिक्रिया