११ मंसिर २०८३, शुक्रबार

गगन थापा ३ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि भिड्ने, चुनावी तालमेलको तयारी

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० असोज । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले ३ नम्बर प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दाबी रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले जिम्मेवारी दिए आफ्नो मुख्यमन्त्री बनेर प्रदेश बनाउने इच्छा रहेको बताए ।

थापाले भने- ‘प्रदेशलाई बलियो बनाउन आवश्यक रहेको छ ।’ ‘स्पष्ट बहुमत कुनै पार्टीको नआउने भएकाले’तालमेलमा जानसक्ने भएपनि छलफल आवश्यक रहेको उनले बताए ।

एक फरक प्रसंगमा पूर्वस्वास्थ्यमन्त्री थापाले चिकित्सकले कामै रोकेर आन्दोलन गर्नु राम्रो नरहेको बताए ।

आन्दोलनका स्वरुप अरु पनि हुन सक्ने बताउँदै उनले संवादबाट समस्याको समाधान निकाल्न आग्रह गरे ।