काठमाडौं, १० असोज । स्वास्थ्य क्षेत्रमा क्रियाशील करिब २७ हजार कर्मचारीले दशैंमा तलब नपाउने अवस्था सृजना भएको छ ।
स्वास्थ्य सेवा विभागले तलब बाँड्न अख्तियारी दिए पनि स्थानीय निकायले तलब बिनियोजन नगरेको कारण उक्त समस्या देखिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
सरकारले विभागबाट बजेट पठाउँदै आएको तर, यस वर्षदेखि स्थानीय तहलाई नै बजेट उपलब्ध गराएको कारण स्वास्थ्यका अस्थायी, करारमा कार्यरत कर्मचारीले तलब पाउन नसकेका हुन् ।












प्रतिक्रिया