११ मंसिर २०८३, शुक्रबार

संघीय फोरमद्वारा केन्द्र र प्रदेश सभाको चुनाव तयारी सुरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असोज । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ ।

उम्मेदबार चयनको मापदण्ड र सम्भाव्य उम्मेदबारको सूचीबारे छलफल गर्न फोरम नेपालको राजनीतिक समिति बैठक बसेको हो ।

निर्वाचनको तयारी अनुरुप पार्टी केन्द्रीयकार्यालय तिनकुनेमा सोमबार राजनीतिक समितिको बैठक बोलाइएको छ ।

बैठक दिउसो १ बजेदेखि सुरु भएको छ । संघीय समाजवादी फोरम नेपालका महासचिव रणध्वज कन्दङवाले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रित गरी राजनीतिक समितिको बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा आगामी निर्वाचनमा कसरी जाने ? को–को नेताहरु कहाबाट निर्वाचनमा लड्ने र उम्मेदबार चयनको मापदण्ड के हुने लगायत विषय बैठकको मुख्यएजेन्डा भएको महासचिव कन्दङ्वाले बताए ।

नया संविधानअनुसार नया निर्वाचन क्षेत्र बनाइएको छ । तर, अबको निर्वाचन क्षेत्र भूगोल र जनसंख्याका हिसाबले ठूलो आकारको छ ।

हाल देशभरि कूल १६५ निर्वाचन क्षेत्र बनाइएको छ । एक निर्वाचन क्षेत्रमा दुई वटा प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ ।