११ मंसिर २०८३, शुक्रबार

‘भारतको डिजाइनमा कांग्रेस–माओवादीले एमालेलाई धोका दिए’

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एमालेका स्थायी समिति सदस्य एवम् २ नं. प्रदेशका संयोजक सत्यनारायण मण्डलले मधेसी जनतालाई नागरिकता दिने विषयमा एमाले अहिले पनि पुरानै अडानमा कायम रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमाले नेता मण्डलले मधेसमा धेरै जसो मधेसी भारतबाट आएर बसेकाहरू रहेको बताए ।

‘नेपालका मधेसी जनताले नागरिकता पाइसकेका छन्’, उनले भने, ‘भारतबाट आएर बसेकाहरूले मात्रै नागरिकता पाएका छैनन् । उनीहरूलाई नागरिकता दिनु हुँदैन ।’

संविधान संशोधन भारतको डिजाइनमा ल्याइएको भन्दै नेता मण्डलले भने, ‘हामी संविधान संशोधनको विरोधी हो । फेरि पनि संशोधन हुँदैन । यो संविधान मधेसीका लागि पनि उत्कृष्ठ छ ।’

२ नं. प्रदेशमा एमालेलाई घेरान्दी गरेर कांग्रेस, माओवादी केन्द्र, राजपा नेपाल र भारत मिलेर हराएको उनले बताए । ‘भारतले हामीलाई हराएको हो’, उनले भने, ‘यसमा नेपाल ठूला दलहरूको भूमिका छ ।’