१५ कार्तिक २०८३, आइतबार

किष्ट मेडिकल कलेजमा पत्थरी झिक्ने क्रममा बिरामीको मृत्यु

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ., ९ असोज । डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बनेको छ ।

पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ वर्षीया ललिताकुमारी चौधरीको उपचारको क्रममा शनिबार निधन भएको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

चौधरीलाई सामान्य अवस्थामा साउन १७ गते किस्टमा भर्ना गरिएको थियो ।

उनको पत्थरीको अप्रेसना क्रममा समस्या देखिएको भन्दै मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप छ ।

भर्ना भएको एक सातापछि चौधरीको पत्थरीको अप्रेसन भएको थियो ।

मृतकका दार्इ रामस्वागतले विरामीको अवस्थामा सुधार नआएपछि अर्को अस्पतालमा रिफर गर्न आग्रह गर्दा अस्पतालले अस्वीकार गरेको बताए ।

पत्थरी निकाल्ने क्रममा पीप फेक्सोसम्म फैलिएकाले बिरामीको अवस्था नाजुक बनेको अस्पतालको भनाइ छ ।

उपचारमा संलग्न डा. कुशल कार्कीले चौधरीको दायाँ मृगौलामा पत्थरी देखिएको बताए ।