जापान, ९ असोज । जापानमा आइतबार साँझ भएको बस दुर्घटनामा १० नेपाली घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । उनीहरूको साइतामा विश्वविद्यालय मेडिकल कलेजमा उपचार भइरहेको छ ।
आईपीएल कम्पनीको बस खावागोय नजिकैको कामुदामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मीना केसी रुपन्देही, मीना श्रीश मगर रुपन्देही, लक्ष्मी चालिसे सुवेदी बाग्लुङ, रितु रणपाल दर्नाल र कमला नेपाली रहेका छन् । मीना श्रीश मगर बस्न नसक्ने गरी गम्भीर घाइते छिन् ।
दुर्घटनामा घाइते भएका २२ जना मध्ये १० नेपाली र अन्य चिनीयाँ, भियतनामी र फिलिपिन्सी छन् ।












प्रतिक्रिया