११ मंसिर २०८३, शुक्रबार

कांग्रेसलाई हराउँदै सप्तरीको कन्चनरुप नगरपालिकामा एमाले विजयी

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, ८ असोज । स्थानीय तहको निर्वाचनअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।

आइतबार दिउँसो सकिएको मतगणनामा ५ हजार ४२सहित एमाले उम्मेदवार बसन्त मिश्र कन्चनरुपको मेयर निर्वाचित भए । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ललन गुप्ताले ४ हजार २७५ मत पाए ।

उपमेयरमा भने नेपाली कांग्रेसकी निरु पोखरेल ४७५८ मतसहित बिजयी भइन् । निकटम प्रतिद्वन्द्वी एमालेकी आशरादेवी चौधरीले ४५२२ मत पाइन् ।