काठमाडौं । मोडलिङमा करियर खोज्दै गरेकी सुवास्ना आचार्यले भरखरै २० वर्ष पुगेकी छिन् । दुई वटा म्युजिक भिडियो र एउटा सर्ट फिल्म खेलेकी सुवास्ना पत्रकारिताकी विद्यार्थी हुन् ।
काठमाडौं जोरपाटी निवासी सुवास्नालाई कलाक्षेत्रको ग्ल्यामर्सले आकर्षित गरेको छ । त्यही भएर उनी मोडलिङमा प्रवेश गरेकी हुन् ।
मोडलिङमा औपचारिक शिक्षा नलिए पनि सुवास्नाले ब्युटीसम्बन्धी विभिन्न प्रतियोगितामा भाग लिएको अनुभव छ ।
मोडलिङ हुँदै ठूलो पर्दाका फिल्म खेल्ने सोँच बनाएकी सुवास्नाले आफू मायाप्रेममा नपरेको दाबी गरिन् । ‘मायाप्रेममा परेकी छैन’, उनले भनिन्, ‘मन पराउने त होलान् । म भने सिङ्गल नै छु । कसैको प्रेममा परेकी छैन ।’
हरेक कामलाई सकारात्मक रुपमा हेर्नुपर्ने उनको भनाइ छ । ‘काम सानो ठूलो हुँदैन । लगनशीताका साथ गर्ने हो भने लक्ष्यमा पुग्न सकिन्छ’, सुवास्नाको भनाइ छ ।















प्रतिक्रिया