३ कार्तिक २०८३, मंगलबार

‘साथ देउ भन्दिन म…’मा नवीन र महिमाको जोडी

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमोद खरेलको स्वरमा रहेको ‘साथ देउ भन्दिन म’ बोलको म्युजिक भिडियोमा भरखरै अभिनय गरेका मोडल नवीन न्यौपानेले मोडलिङलाई करियर बनाउने योजनामा छन् ।

हुन त नवीनले एक दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । उनको योजना ठूलो पदाका फिल्म खेल्ने छ । त्यसको तयारी पनि उनले गरेका छन् ।

नवीन आफैमा राम्रो रचनाकार पनि हुन् । किन मोडलिङमा सक्रिय हुनु भयो ? भन्ने जिज्ञासामा नवीन भन्छन्, ‘म गीतसंगीतको सौखिन पनि हुँ । गीत लेखन, गायनको विधा मन पर्छ । तर, त्यसमा मेरो दखल छैन । मोडलिङमा अलिक धेरै लगन भएका कारण यो क्षेत्रमा सक्रिय हुन थालेको हुँ ।’

नवीनले मोडलिङ गरेको ‘साथ देउ भन्दिन म’को म्युजिक भिडियोको छायाँकन दुई दिन अगाडि भक्तपुरमा सम्पन्न भएको छ । गीतमा संगीत जीवन पन्त र शब्द दीपक पाण्डेको रहेको छ ।

म्युजिक भिडियोलाई सुरेन्द्र दाहाल निर्देशन गरेका हुन् । छायाँकन शक्तिप्रज्वल घिमिरे रहेको छ । नवीनलाई म्युजिक भिडियोमा दीपक डोटेल र महिमा सिलवालले साथ दिएका छन् ।